सिमरामा प्रहरी छ तर न्यायको अनुभुती छैन,पिडित निराश हुदैं घर फर्किन बाध्य

साझेदारी दैनिक
609 पाठक संख्या

न्याय पाउने आश बोकेर ईलाका प्रहरी कार्यालय सिमराको कार्यालय धाउने आम मानिसहरु निराश हुदैं फर्किन बाध्य हुन थालेका छन् । बाराको जीतपुरसिमरामा रहेको ईलाका प्रहरी कार्यालय सिमराको कार्यालय प्रमुख डिएसपी परिवर्तन भएसँगै यस क्षेत्रका जनताहरु प्रहरीकोमा पुगे न्याय पाईन्छ भन्नेहरु आश मारेर निरास हुदैं घर फर्किनु परेको गुनासो आउन थालेको छ ।

२०७९ फागुन ४ गते सिमराका पुर्व डिएसपी युवराज तिमलसिना सरुवा हुदाँ ईलाका प्रहरी कार्यालय सिमरामा नयाँ कार्यालय प्रमुखको रुपमा डिएसपी प्रदिप बहादुर क्षेत्री आएका थिए।

झैझगडा,कुटपिटको उजुरी लिएर गए दर्ताको लागी तोकनैं नलगाई उजुरी थन्काई दिई पिडितलाई फिर्ता पठाउने,पिडित चेक बाउन्सको जाहेरी लिएर जाँदा मलाई सोधेर कारोवार गर्नु भएको हो भन्दै प्रश्न गर्ने र जाहेरी फिर्ता पठाउने, श्रीमान श्रीमती सम्बन्धी उजुरी लिएर गए वडा तथा अस्थाई प्रहरी चौकी पठाई दिने जस्तो ब्यवहारले यस क्षेत्रका जनतामा प्रहरीमा पुगे न्याय पाईन्छ भन्ने आशमा बालुवामा पानी हाले सरह भएको छ ।

बालबालिका तथा महिला सेल छ तर आएको मुद्धा पनि महिला सेल नभएको प्रहरी चौकी पठाई दिने गरेको छ । नयाँ आएका डिएसपीको काम गर्ने शैलीको कारण दिनहुँ जसो कुनै न कुनै समस्या लिएर ईलाका प्रहरी कार्यालय सिमरा पुग्ने सेवाग्राहीहरु निरास हुदैं फर्किन बाध्य भएका छन् ।

चेक बाउन्स मुद्धामा चेक जारी गर्ने बैंक रहेको शाखा कुन ठाँउको हो त्यहींको प्रहरी कार्यालयमा गएर जाहेरी दिनु भनेको छ । सोही अनुसार पर्सा निवासी हिरा लाल साहले बाणिज्य बैंक सिमरा शाखामा पिडकको नामको खाता नं.१२३०१००००२८३७०१०को ००६४४०४९९० नम्बरको चेकमा रु.२,२१,४००।–को बाउन्स भएको चेकको प्रमाण सहित प्रतिलिपी संलग्न गरी २०७९ फागुन ८ गतेको मितिमा चेक बाउन्सको जाहेरी बोकेर ईलाका प्रहरी कार्यालय सिमरामा गए । त्यहाँका प्रहरी प्रमुख डिएसपी क्षेत्रीलाई भेटेर आफ्नो समस्या राखे तर क्षेत्रीले पिडितलाई सान्तोना दिनुको सटा उल्टै मलाई सोधेर कारोवार गर्नु भएको थियो भन्ने जवाफ दिंदा पिडित साह निराश भएर घर फर्किए तर उनको न्याय पाउने आश भने मरेको छैन उनी त्यहीं मुद्धा लिएर जिल्ला प्रहरी कार्यालय जाने बताउछन् ।

सबैको पहुँचमा हुदैंन अदालत
चेक बाउन्स मुद्धा लिएर पिडित प्रहरी कार्यालय पुगे पिडितको जाहेरी माथी अनुसन्धानको प्रक्रिया पुराएर सरकारवादीको तर्फबाट प्रहरीले नैं उच्च अदालत मार्फत पक्राउ पुर्जी ल्याई कानुनी कार्वाही गर्न सक्ने ब्यवस्था छ । पिडित आफैपनी अदालत जान सक्छन् तर अदालत प्रक्रिया भने अधिकांश जनताको पहुँचमा हुदैन र खर्चिलो पनी छ । त्यसैले आम मानिस चेक बाउन्सको मुद्धा लिएर प्रहरीको मा पुग्ने गर्दछ ।

तर ईलाका प्रहरी कार्यालय सिमराले भने अहिले त्यस्तो चेक बाउन्सको मुद्धा आएमा जाहेरीनैं नलिई पिडितलाई अदालत जानु भनि फकाउने गरेको छ । चेक बाउन्सको मुद्धा लिएर जाने हरेक पिडितलाई ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रदिप बहादुर क्षेत्रीको प्रश्न नैं पैसाको कारोवार गर्दा मलाई सोधेर गर्नु भएको थियो भन्न प्रश्न हुन्छ ।

कानुन नबुझेका सेवाग्राहीहरु सँग त्यसको जवाफ हुदैंन र चुपचाप बस्न बाध्य हुन्छ । त्यसपछि प्रहरीले नैं अदालतमा मुद्धा गर्नु पक्राउ पुर्जी लिएर आउनु अनि हामी पक्राउ गरेर अदालत बुझाउछौं भनी अदालतको बाटो देखाउछन् र पिडित न्याय पाउने आश मारेर घर फर्किन्छ भने केही जिल्ला प्रहरी कार्यालय पुग्ने गरेका छन् ।

साँचीकैं प्रहरीले चेक बाउन्सको मुद्धा हेर्नै नमिल्ने हो?नेपालमा देखिएको आर्थिक तरलता सँगै चेक बाउन्सको केस पनी बढ्दो छ । काटेको चेकमा प्रयाप्त निक्षेप नभएर चेक बाउन्स हुन पुगे फौजदारी मुद्धा अन्तरगत सरकारवादी मुद्धा बन्न पुग्दछ । भुक्तानी लिनु पर्ने थियो चेक बाउन्स हुन पुग्यो भने सर्वोच्च अदालतले पुरानो फैसलालाई उल्टाएर खातामा प्रयाप्त रकम नभएपनि चेक दिएमा बैंकिङ कसुरको मुद्दा लाग्ने उल्लेख गरेको छ ।चेक बाउन्स भएपछि यसको मुद्दा बैंकिङ कसुर तथा सजाय ऐन र विनिमय अधिकारपत्र ऐन दुवै अन्तर्गत चल्न सक्छ ।

दिनहुँ फर्किने जनताको तितो यर्थाथ
नयाँ डिएसपीले कार्यभारको पसी पल्टै जीतपुरसिमरा उ.म.न.पा.वडा नं.७ मा कुटपिट तथा झैंझगडा भयो । दुबै पक्ष पिडित भएको भनि उजुरी लिएर ईलाका प्रहरी कार्यालय सिमरा पुगे तर ति पिडितहरु बिचमा न छलफल,न कानुनी प्रक्रियानैं अगाडी बढ्यो । दुबै पक्ष निराश भएर फर्किए ।

त्यस्तै जीतपुरको रातोपुल नजिक दुई पक्ष बिच झगडा भयो झडपमा कारको अगाडी पछाडीको सिसा समेत फुट्यो । पिडित पक्ष ईलाका प्रहरी कार्यालय सिमरामा पुगे तर डिएसपीले कानुनी प्रक्रिया अगाडी बढाउन इंङ्गकार गरी छलफल समेत नगराउदाँ प्रहरी परिसर बाहिर बसेर मिलापत्र गर्न बाध्य भए ।

घटना सानो होस अथवा ढुलो प्रहरी कार्यालय पुग्यो भने केही केही न्याय पाँउ भन्ने आम मानिस भरोसा हुन्छ तर सिमरामा अहिले जनताले प्रहरी भएको अनुभुती गर्न छोड्न थालेका छन् । सानो झगडा हुदाँ मानिस प्रहरीकोमा जान्छन् सामान्य छलफल भएर पिडकले प्रहरी अगाडी माफी मागेर मुद्धा टुङ्गगीदा पनी जनताले न्याय पाएको अनुभुती गर्ने हाम्रो समाज छ ।

ईलाका प्रहरी कार्यालय सिमराले सेवाग्राहीलाई गैह्र जिम्मेवार पुर्ण जवाफ प्रति जिल्ला प्रहरी कार्यालय बारालाई न्याय पाउने आशले प्रहरी कार्यालय पुगेका पिडित सेवाग्राही किन निराश भएर फर्किनु परेको भनि जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी प्रमुख एसपीलाई प्रश्न गरेका छौं ।

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीलाई प्रहरीको काम कार्वाही प्रति जनताको किन गुनासो छ भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालयका प्रमुखले सेवाग्राहीले छिटो छरितो सेवा पाउनु पर्छ भन्ने हाम्रो चाहाना रहेको बताए । सिमरा प्रहरीको बिषयमा गुनासो आई नसकेको र आम मानिसले असुबिधा खेप्नु परेको भए सिमरा प्रहरी प्रमुखसँग यस बिषयमा आफुले बुझ्ने र समस्या समाधानमा लाग्ने प्रतिबद्धता दिएका छन् । चेक बाउन्स सम्बन्धी उजुरी जिल्लामा नै पठाउन आफुले निर्देशन दिएको उपरिक्षक बोगटीले बताए ।

Leave a review

This will close in 0 seconds