दुर्गन्ध फैलाउने उधोग बन्द हुनुपर्ने माँग गर्दै स्थानीयद्वारा बिरोध प्रदर्शन

साझेदारी दैनिक
339 पाठक संख्या

राम मण्डल/

दुर्गन्ध फैलाउदै आएको पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ गादीमा रहेको शिवम लेयर्स उधोगलाई बन्द गर्नुपर्ने माँग गर्दै बुधबार स्थानीयले बिरोध प्रदर्शन गरेका छन ।

स्थानीयबासीहरुले उधोगको मुलगेटमै पुगेर बिरोध प्रदर्शन गरेका थिए । उनीहरुले दुर्गन्ध फैलाउने कार्य नछाडेको भन्दै उधोग नै बन्द गर्नुपर्ने माँग गरेका थिए । यसअघि पनि पटक पटक स्थानीयले उधोगले दुर्गन्ध फैलाएको भन्दै बन्द गर्न माँग गर्दै आएका थिए । पछिल्लो केही समयदेखि उधोग आसपास रहेका बस्तीहरुमा झिँगाको प्रकोप निक्कै बढेपछि गाउँपालिकाले पनि उधोगलाई बन्द गर्न पत्राचार नै गरेको थियो ।

उद्योगको अनुगमन गर्न पुगेको सयुंक्त अनुगमन टोलीको अगाडी नै स्थानीयले मुल गेटमा बिरोध प्रदर्शन गरेका थिए । सरकारले तोके बमोजिमको मापदण्ड अपनाउन अनुरोध गर्दा समेत उद्योगले अटेर गरेपछि स्थानिय सरकारले कडा निति अपनाएको छ ।

उद्योगले ८० प्रतिशत मापदण्ड पुरा भएको तथा झिङगा दुर्गन्ध लगायत नियन्त्रणमा आईसकेको जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,भेटेनरी कार्यालय तथा स्थानिय सरकार प्रमुख सहितको टोली अनुगमनको लागि उद्योगमा पुगेको थियो ।

पटेर्वासुगौली गाउँपालिकाले पनि उधोगले दुर्गन्ध फैलाएकोले स्थानीयको स्वास्थयमा असर परेकाले उद्योगको यस्तै रवैया रहे उद्योगमा ताल्चा लगाइ दिने चेतावनी दिएको छ ।

 

Leave a review

This will close in 0 seconds