शिक्षकहरूको आन्दोलनमा काङ्ग्रेस बाराले जनायो ऐक्यबद्धता

संदिप प्रसाद यादव
985 पाठक संख्या

शिक्षा बिधेयक विरुद्ध शिक्षकहरुले गरेको आन्दोलनमा नेपाली काङ्ग्रेस बाराले ऐक्यवद्धता जनाएको छ ।

संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०८० मा नेपाली शिक्षक,कर्मचारीहरु र सामुदायिक विद्यालय शिक्षामा नेपाल सरकारसँग सम्झौता भएको विषयहरुलाई सम्बोधन नगरी शिक्षा क्षेत्रमा दुरगामी प्रतिकुल असर पर्ने नेपाली काङ्ग्रेस बाराले जनाएको छ ।

जिल्ला कार्यसमितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । उक्त प्रेस विज्ञप्तिमा शिक्षा क्षेत्रलाई ध्वस्त पार्ने चलखेल भएको र शिक्षा विधेयकमा स्थायी,अस्थायी,करार,राहत,उच्च माध्यमिक बिधालय दरवन्दी,शिक्षण सिकाई अनुदान,बाल विकास,सहयोगी कार्यकरता,विशेष शिक्षा,प्राविधिक धार,विद्यालय कर्मचारीका मागहरु सम्बोधन नभएकोले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

शिक्षकहरुको माग सम्बोधनमा सरकारले ध्यान दिनु पर्ने जिल्ला सभापति राजेशराय यादवले समेत जनाएका छन् । उनले आफू र जिल्ला कार्यसमिति नै आन्दोलनमा ऐक्यवद्धता जनाएको बताए ।

Leave a review