संदिप प्रसाद यादव/
नेपाली कांग्रेस सुचना सञ्चार तथा प्रचारप्रसार बिभाग मधेस प्रदेशको प्रमाणपत्र बितरण तथा प्रथम बैठक जनकपुरमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन सुचना सञ्चार तथा प्रचारप्रसार बिभाग मधेस प्रदेशको प्रमाणपत्र बितरण तथा प्रथम बैठक मधेस प्रदेशको पार्टी कार्यालय जनकपुरधामको सभा हलमा एक कार्यक्रम बीच भएको हो ।
मधेस प्रदेश सुचना सञ्चार तथा प्रचारप्रसार बिभागका प्रमुख नितेश कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश सभापति तथा मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र बितरण गर्नु भएका थिए ।
अहिले पनि संविधानले दिएको अधिकार पनि प्रयोग गर्न नपाएको र धेरैले संघीयता बोझ भएको बताउदै संघीयता नचाहिने बताउदै आउनु लज्जास्पद भएको यादवले बताएका छन । देशको आवाज बनेर बिना डर त्रास परिवर्तनका लागि अगाडी बढ्नुपर्ने र कलम चलाउन यादवले आग्रह दिए ।
प्रमुख अतिथि यादवले नेपाली जनता र देशका लागि अहोरात्र खट्न सबै नव नियुक्त सदस्यहरुलाई निर्देशन दिएका छन् । संघीयता सबै भन्दा बढी मधेस प्रदेशलाई चाहिएको बताउदै यादवले संघीयताका पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।
मधेस प्रदेश सुचना सञ्चार तथा प्रचारप्रसार बिभागका प्रमुख नितेश कुमार गुप्ता रहेको गठित ३४ सदस्यीय समितिमा जलपना सरदार उप प्रमुख निकेश त्रिपाठी,सचिव,त्यस्तै सदस्यहरुमा निर्मला दहाल,बिनोद मन्डल,जियाबुल राईन,राहुल गुप्ता,निलिमा पौडल,प्रभात ठाकुर,रोसन कुमार साह,हदिस खुदार,सन्दीप यादव,सिकिन्द्र पासवान,सागर हुमागाई,प्रभात कुमार झा,राजेश्वर पांडेय,साजिर मसुर,सन्तोष सिंह,अन्जली गुप्ता,निरंजन कुमार साह,सुधा देव,ललिता साह,जय नारायण यादव,श्रीकान्त गुप्ता,प्रकाश कुमार श्रेष्ठ,कमल साह,मिल साह,शम्भु यादव,सवनम साह,नविन साह,संजु यादव,प्रमानन्द यादव,दयाराम,महमद जियाउललाई प्रमाणपत्र सहित सम्मानित गरिएको थियोे ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी कांग्रेस मधेस प्रदेश उपसभापति स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंह,विशिष्ट अतिथी मधेस प्रदेश सरकारका गृह सुचना सन्चार तथा कानुन मन्त्री महमद समिम अन्सारी,प्रदेश सभा सदस्य नागेन्द्र साह,प्रदेश सभा सदस्य जङ्गिलाल राय,कांग्रेस मधेस प्रदेश उप सभापति चन्द्रशेखर यादव,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,शन्तु यादव,रामबाबु साह,सत्य प्रसाद श्रेष्ठ,शर्मिला थापा,भावना ढुङेल घिमिरे,सिम्रौनगढ नगरपालिकाका पुर्व नगर प्रमुख तथा कांग्रेस पार्टीका युवा नेता बिजय शंकर यादव र मिथिलेश मिश्र लगायतको उपस्थिति रहेको थियो ।
प्रभात झाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन नितेश त्रीपाठिले गरेका थिए ।


