बिनिता चौधरी/
बाराको कोल्हवी ५ बलुवा टोलमा संचालन भएको श्री श्री १००८ श्री बिष्णु महायज्ञमा भएको खर्च बिवरणको आय व्ययको सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
महायज्ञ मुल कमिटीको अध्यक्ष रामानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त पत्रकार सम्मलेनमा कोल्हबी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा महायज्ञ मुल कमिटीका सचिव मधुसुधन अधिकारीले आय व्यय प्रस्तुत गर्नु भएको थियो । अधिकारीका अनुसार महायज्ञमा १५ लाख ३२ हजार रुपैया चन्दा सहयोगबाट सङ्कलन भएको थियो । विभिन्न शिर्षकमा गरि २१ लाख ११ हजार ९ सय ७७ रुपैया खर्च भएको पत्रकार सम्मलेन मार्फत जानकारी गराईएको थियो ।
कार्यक्रममा वडा न. ५ का पुर्व वडा अध्यक्ष बासुप्रसाद चौधरी , वडा सदस्य पलट चौधरी , पुर्व वडा सदस्यहरु बलराम अधिकाी , गोबिन्दर चौधरी, समाजसेवी संजय कुमार चौधरी ,नारायण इश्वर चौधरी , थारु युवा संजय चौधरी थारू , सम्भु चौधरी , बिनय चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष बासुप्रसाद चौधरी , पुर्व वडा सदस्य बलराम अधिकारी लगाएतकोले आ–आफ्नो जिज्ञासा राख्नु भएको थियो ।
महायज्ञ सफल पार्नको लागि अहोरात्र काम गर्नु भएका संजय चौधरी थारु , सम्भु चौधरी ,हिमाल चौधरी ,बिद्यानंद चौधरी, सरोज चौधरी ,उमाकांत चौधरी, श्री श्याम चौधरी,अमित बि.क., रामबाबू चौधरी,बिजय चौधरी, प्रहलाद चौधरी लगायतहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।

