बारा प्रहरीले ५ लाख ५३ हजार बराबरको अबैध समान बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी मुल्य रू.५ लाख ५३ हजरा ७ सय ३५ रूपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
प्रहरीले बिभिन्न मितिमा भन्सार छलिका यूरिया मल (खाद) ५१ बोरा,मैदा ८ बोरा,रिफाईन तेल ६४.५ लिटर,बच्चाको कपडा ९० पिस,डोरी २४ पिस,जुता बनाउने छाला ४ सय ४४ पिस,चिनी ४८ किलो,माजा ९० पिस,फिज ३० पिस,साडी ६७ पिस,थानको कपडा ६ बण्डल,गम्छा ५ पिस, टिकु सुपारी १०.५ किलो,राज निवास ५.५ किलो, तुलसी २ सय ४ पिस,झुल २ पिस गरी जम्मा अन्दाजी मुल्य रू. २ लाख ५४ हजार ३५ रूपैया बराबरको समानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित हुलास अगाडि वीरगंजबाट हेटौडा तर्फ जादै गरेको यात्रु बाहक बसमा लोड गरेको समान प्रहरीले बरामद गरेको छ ।
सो यात्रु बाहक बसबाट कुर्ता ५९ पिस,साडि १ पिस,पाईन्टको कपडा ६ थान,सुर्ट कपडा २ थान, रातो कपडा २ थान,प्याज २ सय ५० किलो,चिनी ५० किलो गरी जम्मा अन्दाजी मुल्य रू. ८१ हजार रूपैया बराबरको बिल भरपाई नभएको समान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित कार्यालय आगाडि कलैयाबाट हेटौडा तर्फ जादै गरेको बा २ च ८४४७ नम्बरको बलेरो पिकअपमा लोड रहेको टमाटर १ हजार किलो, प्याज १ हजार ५ सय किलो गरी जम्मा अन्दाजी मुल्य रू. २ लाख रूपैया बराबरको बिल भरपाई नभएको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित सर्लाहीबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ४ख ३९६२ नम्बरको यात्रु बाहक बसमा लोड गरेको चिनी २ सय किलो र प्याज १ सय किलो गरी जम्मा अन्दाजी मुल्य रू. १८ हजार ७ सय रूपैया बराबरको बिल भरपाई नभएको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
समानहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय वीरगंज पर्सा र राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

