समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी : अध्यक्ष साह

साझेदारी दैनिक
328 पाठक संख्या

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन शुरु गर्नुपरेको बताएका छन ।

शनिबार काठमाडौँमा पाटी खबरदारी सभालाई सम्बोधन गर्दै नेता एवम् सांसदले साहले यस्तो बताएका हुन ।

उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको लसंज्ञा दिँदै अब तेस्रो जनआन्दोलन गर्ने र तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए ।

अध्यक्ष साहले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको,दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेको र अब तेस्रो जनआन्दोलनले नेपालमा लुटकारी जो दलतन्त्र छ,यसको अन्त्य गर्ने बताए ।

उनले भने,तपाईँहरूलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ,नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ,यसको एउटा ऐतिहासिक दिनको आजको सुरुवातको भएको बताए ।

यस्तै अध्यक्ष साहले प्रमुख पार्टीहरूले सिन्डिकेट बनाएर देशलाई नै अनिर्णयको बन्दी बनाएको आरोप लगाए । पार्टीको सिन्डिकेट,गुटको र गुट भित्र पनि नेताको हालीमुहाली हुने,ठुलो नेताको आसेपासेले मोज गर्ने र जनता भने सधै लाचार भएर बस्नुपर्ने यो कस्तो लोकतन्त्रहो साहले प्रश्न गरे ।

सोही कार्यक्रमलाई सम्बोध गर्दै साहले सफाईमा महत्वपुर्ण योगदान दिने कवाडी व्यवसायीहरुलाई लाई अनावश्यक दुख नदिन आग्रह गरेका छन् । काठमाण्डौ महानगरपालिकाले कवाडीहरूले राजधानीमा दुख दिने गरेको र त्यसलाई रोक्नुपर्ने साहको भनाई थियो ।

कार्यक्रममा देशभरका हजारौ कार्यकर्ता तथा कवाडी व्यावसायीहरुको सहभागिता रहेको पार्टीका उपाध्यक्ष अशोक लामाले साझेदारी दैनिकलाई जानकारी गराएका छन ।

Leave a review