सात महिना पछि फेरी बारामा अर्को शिक्षकमाथी गोली प्रहार,अज्ञात समुहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको निधन

संदिप प्रसाद यादव
444 पाठक संख्या

बारामा एक शिक्षकको हत्या भएको सात महिना पछि फेरी अर्का एक शिक्षको हत्या भएको छ ।

कलैया स्थित रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरि भूषण कुशवाहाको अज्ञात समुहद्धारा गोली हत्या भएको छ ।

क्याम्पसका प्रमुख कुशवाहालाई अज्ञात समुहले शुक्रवार साँझ साँढे ५ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ । साँझ करिब साढे ५ बजे आदर्श कोतवाल नगरपालिका–३ बतराबाट अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

आर्दशकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरी स्थित आफ्नो घरबाट कलैयातर्फ आउने क्रममा उनीमाथी अज्ञात समुहले गोली प्रहार भएको थियो ।

गोली लागेपछि घाईते भएका क्याम्पस प्रमुख कुशवाहाको बिरगंज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

उनको पिठ्युँमा गोली लागेको थियो । घटनावारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अन्य कारण भने प्रहरीले अहिले खुलाएको छैन ।

यसअघि गत १३ कार्तिक कलैयाकै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्‍डु भनिने रुपेश सर्राफको गोली हानी हत्या भएको थियो ।

Leave a review

This will close in 0 seconds