अबैध रेडिमेट कपडा बरामद

संदिप प्रसाद यादव
305 पाठक संख्या

बारा प्रहरीले अबैध रेडिमेट कपडा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख २४६८ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध रेडिमेट कपडा बरामद गरेको हो ।

यात्रु बाहक बसमा बिल भरपाई नभएको तथा समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.१ लाख ५० हजार रूपैया बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त रेडिमेट कपडालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review