पचरौता : नूर आलम बादशाह/ बाराको पचरौता नगरपालिका–३ रामनगर टोल स्थित रहेको एक विद्यालयमा भवन बनाउनको लागि शिलान्यास भएको छ।
एक कार्यक्रमवीच बुधबार नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा थप चार कोठे भवनको शिलान्यास गरिएको हो। नगर प्रमुख जलन्धर सिंहको बिशेष पहल तथा पालिका स्तरीय बजेटबाट सो भवन निर्माण हुने भएको हो।
उक्त भवनको पचरौता नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मीले वैदिक मन्त्रविच शिलान्यास गरेका हुन्।
दुईतल्ले भवनमा २/२ कक्षाकोठा निर्माण गर्न लागिएको वडा अध्यक्ष कुर्मीले बताए ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख जलन्धर सिंह,समाजसेवी भैयाराम सहनी,अवधकिशोर प्रसाद यादव,बिनोद पटेलको उपस्थिति रहेको हो।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,शिक्षक,अभिभावक तथा स्थानीयहरूको उपस्थिति रहेको हो।

