सवारी चेकजाँच तथा ट्राफिक सचेतना कार्यक्रम

साझेदारी दैनिक
278 पाठक संख्या

सडक सुरक्षा सप्ताहको अवसरमा बाराको अम्लेखगंजमा विभिन्न चेकजाँच तथा सवारी साधनमा ट्राफिक सचेतनामुलक स्टिकर टास गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको जितपुरसिमरा वडा नम्बर २० अमलेखगंज स्थित नेपाल आयल निगम अगाडी शनिवार उक्त सचेतना तथा चेकजाँज गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालका बारा निजगढ,इप्रका अम्लेखगंज,यातायात व्यवस्था कार्यालयको संयुक्त आयोजना सो कार्यक्रम भएको जनाईएको छ ।

सो अवसरमा संयुक्त सुरक्षा टोलीले बिभिन्न सवारी साधनको मेकानिकल चेकजाँच गरेको र भाडादर अनुगमन,सिट क्षमता भन्दा बढी यात्रु राखे नराखेको चेकजाँच गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

यसैगरी सवारी साधनमा पर्चा पम्पलेट वितरण,बजार एरीया तथा चोकहरुमा जिँगल बजाउने र सवारी साधनमा ट्राफिक सचेतनामुलक स्टिकर टाँस समेत गरिएको ट्राफिक कार्यालयले जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds