कलैया : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ सोच र योजनाका साथ एमाले नेतृत्वको वर्तमान सरकार अघि बडिरहेको बताएका छन ।
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई शनिबार सिमरामा सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले जनताको पक्षमा काम गरेर देखाउने पार्टी एमाले मात्रै भएको स्पष्ट पार्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले नेकपा एमाले सरकारमा गएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दाबी गर्नुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै सबै घेराबन्दी तोडेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमाले जनताको पार्टी भएकोले जनताको बीचमा बसेर कार्यकर्ताले काम गर्नपर्ने बताएका छन ।
नवनिर्वाचित उपमहा कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहलाई निर्वाचन कमिटीका अध्यक्ष दिवाकर भण्डारीले शपथ गराउनुभएको थियो। त्यस लगत्तै अध्यक्ष त्रिलोक विक्रम शाहले पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।

