आफ्नै लयमा फर्किदै बाराका सामुदायिक विद्यालयहरु,ढिलै भएपनि बिद्यार्थी भर्ना अभियानमा ब्यस्त

राजेश कुशवाहा
550 पाठक संख्या

कलैया : शैक्षिक सत्र शुरु भएको झण्डै एक महिनापछि बाराका सामुदायिक विद्यालयहरु आफ्नै लयमा फर्किएका छन ।

विभिन्न माग राख्दै शिक्षक महासंघको अगुवाईमा १९ दिन लामो आन्दोलनमा गएका शिक्षकहरु फर्किएपछि सामुदायिक विद्यालयहरु पुरानै लयमा फर्किन थालेका हुन । आन्दोलनरत शिक्षकका संगठन र सरकारवीच सम्झौता भएपछि शिक्षहरुले आन्दोलन स्थगित गर्दै विद्यालय फर्किएका थिए ।

शिक्षकहरु आन्दोलनबाट फिर्ता भएपछि अहिले बाराका सामुदायिक बिद्यालयहरु ढिलै गरी भएपनि घरदैलो कार्यक्रम तथा बिद्यार्थी भर्ना अभियानमा जुटेका छन। जिल्लाको १६ पालिकामा रहेको सामुदायिक बिद्यालयहरु घरदैलो कार्यक्रम तथा बिद्यार्थी भर्ना अभियान कार्यक्रममा जुटेका हुन ।

कोही पनि बालबालिका शिक्षा बाट बञ्चित नहोस भन्ने उदेश्यले सामुदायिक बिद्यालयले उक्त अभियान सञ्चालन गरेका हुन ।उक्त अभियान अन्र्तगत घरदैलोमा पुगी अभिभावहरुसंग आ आफना बालबालिकालाई बिद्यालयमा भर्ना गर्न आग्रह समेत गरिएको छ ।

यसैबीच बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीमा रहेको श्री महाबिर नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले बुधबार बिधार्थी भर्ना तथा बिद्यालय स्वागत कार्यक्रम गरेको छ । विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहाको अगुवाईमा उक्त कार्यक्रम गरिएको हो।

बिद्यालयले उक्त वडाको सुराही,सानो ब्रहम्पुरी र ठुलो ब्रहम्पुरीमा बिद्यालय भर्ना तथा बिद्यालय स्वागत कार्यक्रम गरेको हो । बिद्यालय भर्ना अभियान अन्तर्गत शिक्षकहरु घर घरमा पुगी आ आफना बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्न अभिावक संग आग्रह गरेका थिए।

उक्त कार्यक्रममा बिधालयका शिक्षक सुभास मेहता,सुजित मलिक,सन्तोष यादव,अनिल प्रजापति,रामाकान्त यादव,रेयाज अंसारी,रविन्द्र कुशवाहा,रामदयाल साह,शिक्षिकाहरु सरिता साह, किरण कुमारी,सुरेखा पासवान,गायत्री यादव,लक्ष्मी ठाकुर,बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो।

यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडामा रहेको श्री नेपाल आधारभुत बिद्यालयले घरदैलो कार्यक्रम तथा बिधार्थी भर्ना अभियान कार्यक्रम गरेको छ । बिद्यालयले कोईरिया टोला,भतौडामा घरदैलो कार्यक्रम तथा बिधार्थी भर्ना अभियान कार्यक्रम गरेको हो।

बिद्यालयका प्रधानाध्यापक मिना चौधरीको अगुवाईमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा बिद्यालयका शिक्षक रामनाथ महतो,राकेश गुप्ता,शिक्षीका नुरजहाँ खातुन,सुनिता कुशवाहा, लक्ष्मी कर्ण तथा बिद्यालयमा अध्यन्नरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । घरदैलो अभियान अन्तर्गत अभिावहरुलाई आ आफनो बालबालिकालाई बिद्यालय भर्ना गर्न आग्रह गरिएको थियो ।

Leave a review

This will close in 0 seconds