जितपुरसिमरामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

साझेदारी दैनिक
282 पाठक संख्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ पानीटंकी नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका वडा नं. ७ बस्ने जयकान्त पण्डितका छोरा २८ वर्षिय महेश पण्डित रहेका छन्। १७५३ नम्बरको मोटरसाइकलमा सवार पण्डितलाई टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । नौतनस्थित एल.एस. न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

वीरगन्ज–पथलैया सडकखण्डमा सिमराबाट पथलैया तर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६-००३ प १७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सो दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै घाइते हुनेमा रौतहटको गुजरा गाउँपालिका वडा नं. ७ परसवा बस्ने पारसनाथका छोरा २५ वर्षिय रोशन चौधरी रहेका छन्। उनको टाउको र दुवै खुट्टामा चोट लागेर अवस्था गम्भीर रहेको र हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

सोहि गाउँपालिका–७ बस्ने देवल चौधरीका छोरा ३४ वर्षिय भुपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ। उनको उपचार एल.एस. न्युरो अस्पतालमै भइरहेको छ।

दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ भने थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिए।।

Leave a review

This will close in 0 seconds