नयाँ पुस्तालाई इतिहास, भूगोल र संस्कृतिको जानकारी दिनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

संदिप प्रसाद यादव
276 पाठक संख्या

कलैया : पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलेले नयाँ पुस्तालाई इतिहास, भूगोल र संस्कृतिको जानकारी दिनुपर्ने बताउनु भएको छ ।

बाराको कलैयास्थित दरबार होटलको सभा हलमा आइतबार मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटी बाराले ७५ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनी यस्तो बताएका हुन् ।

उहाले मदन भण्डारीका बिचार र उनले गरेको योगदानहरुको बारे चर्चा नयाँ युवा पुस्ताहरुमा लैजानु पर्छ,उनले भनिन् । उच्च प्राविधिकको जमाना रहेको र अध्यन गर्नुपर्छ,आर्थिक उत्पादन सम्बन्धि साथै आफ्नो देशको बारेमा थाहा राख्नुपर्ने पुर्व राष्ट्रपति भण्डारीले बताएले समताइन् ।

मदन भण्डारी फाउन्डेसनको ७५ औं जन्म जयन्ती बनाउने बारा जिल्ला पहिलो रहेको र धेरै नै खुशी लागेको उनले बताएकी छिन् । एउटै घरका चार छोरीहरुको मेहनत र उपलब्धिलाई कदर गर्दै पूर्व राष्ट्रपति भण्डारीले प्रसंशापत्र सहित सम्मान गरेकी हुन् ।

बाराको देवताल गाउँपालिका–३ निवासी शम्भु प्रसाद यादवकी चारै छोरी सरकारी सेवामा कार्यरत छन्। तीमध्ये पूजा यादव स्थानीय तह अधिकृत (छैटौँ तह), कविता र पल्लवी यादव संघीय खरिदार तथा गुन्जा यादव प्राथमिक तहकी शिक्षिका पदमा कार्यरत रहछन्।

जनताको सेवा,राष्ट्रको सेवा र जनतालाई कसरी खुशी बनाउन सकिन्छ उता ध्यानदिएर काम गर्न सम्मानित हुने छोरीहरुलाई आग्रह गरेकी छिन् । सधै खुशी भएर जनताको सेवा गर्न समेत उनले आग्रह गरिन् ।

बारा जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यानदिन नेता तथा पदाधिकारीहरुलाई उनले आग्रह गरिन् । स्कुल,बिधालय र कलेजमा पढ्ने बिद्यार्थीहरुका लागि शिक्षा क्षेत्रमा ध्यानाकर्षण उनले गराइन ।

साथै मदन भण्डारी फाउन्डेसनले यो वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै भन्दा बढी काम गर्ने उनले बताइन् । मधेसमा समयमा पानी नपर्दा कृषकहरुलाई समस्या भएको उनले बताएकी छिन् । साथै, जलवायु परिवर्तनले विश्वमा पारेको असर र चुरे दोहनका कारणले निम्तिएको जल संकटजस्ता समस्याहरूको समाधानका लागि सामूहिक प्रयास जरुरी रहेको बताए।

कार्यक्रमको सुरुवात हुनुभन्दा अगाडि, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाराका नेता पुरुषोत्तम पौडेलको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ताले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका थिए। सो कार्यक्रममा पुर्व राष्ट्रपति भण्डारीलाई ५१ किलोको फुलमालाले स्वागत गरिएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहनु भएकी थिइन् । कार्यक्रमको अध्यक्षता पुरुषोत्तम अन्सारीले गरेका थिए भने उपाध्यक्षमा पन्नालाल कुशवाहा,नेता,कार्यकर्ता,बिद्यार्थी तथा सञ्चारकर्मी हरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review