कलैया उपमहानगरपालिकाको सेवा प्रवाह स्थगन

संदिप प्रसाद यादव
390 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिकाले आफ्नो सेवा स्थगन गरेको छ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सेवा स्थगन गरेको जानकारी दिएका हुन्।

विज्ञप्तिमा देशमा हाल भएको विषम एवं संवेदनशील परिस्थितिलाई दृष्टिगत गर्दै उपमहानगरपालिका र मातहतका कार्यालयबाट अत्यावश्यक र आकस्मिक सेवा (दमकल, स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापन) बाहेकका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाइएको छ।

यसबाट आम नगरवासीलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी रहेको जनाउदै अर्को सूचना नभएसम्मका लागि यस उपमहानगरपालिका भित्र संचालित सबै शैक्षिक संस्थाहरुमा पठन–पाठन कार्य स्थगन गर्न समेत अनुरोध गरिएको छ।

Leave a review

This will close in 0 seconds