कलैया उपमहानगरभरि आज साँझसम्म निषेधाज्ञा जारी

साझेदारी दैनिक
307 पाठक संख्या

कलैया । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शुक्रबार कलैया उपमहानगरपालिका भरी लागु हुने गरी शुक्रबार (कर्फ्यु) निषेधाज्ञा आदेश जारी गरेका छन्।

एक सूचना जारी गरी जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिनको ठीक ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश नभएसम्मका लागि बारा जिल्लाको कलैया उपमहानगरपालिकामा लागु हुने गरी सो आदेश जारी गरिएको हो।

यस अवधिमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो।

उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने समेत सो आदेशमा जानकारी दिइएको छ।

निषेधाज्ञा आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने सो आदेशमा जनाइएको छ।

Leave a review

This will close in 0 seconds