जेसिज सप्ताहको पहिलो दिन प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण

साझेदारी दैनिक
341 पाठक संख्या

कलैया। कलैया सिटी जेसिजको जेसिज सप्ताह–२०२५ अन्तर्गत पहिलो दिन आज प्रादेशिक अस्पताल कलैयामा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।

बाराको कलैया उपमहानगरपालिका–६ स्थित प्रादेशिक अस्पताल कलैयामा आयोजित कार्यक्रममा जेसिज सप्ताहको सुरुवातसँगै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको हो।

सो कार्यक्रम कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सो कार्यक्रम संयोजक संजय कुशवाहा महतोका अनुसार अस्पतालका आपतकालीन, आईसीयू, गर्भवती महिला, जेनेरल तथा अपरेशन वार्डमा रहेका करिब ४० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

उक्त कार्यक्रममा कलैया सिटी जेसिज २०१८ का अध्यक्ष धनिलाल सरार्फ,२०२० का अध्यक्ष विपिन चौधरी, २०२१ का अध्यक्ष शम्भु गुप्ता,२०२३ का अध्यक्ष सुभाष जैसवाल, २०२५ का कार्यकारिणी उपाध्यक्ष धर्मेन्द्र यादव, उपाध्यक्षहरू सन्दीप प्रसाद यादव, मुकेश कुमार स्वर्णकार, अर्बिन्द साह, कानूनी सल्लाहकार सन्दीप कुमार साह, कोषाध्यक्ष आदिल अन्सारीसहित जेसिजका सदस्यहरूको उपस्थित रहेको थियो। सो कार्यक्रमको सञ्चालन महासचिव श्याम केशरीले गरेका थिए।

त्यस्तै जेसिज सप्ताह अन्तर्गत दोस्रो दिन सोमबार ( भोलि ) रामराजा मो.वि. साह क्याम्पसमा जेसिज परिचय कार्यक्रम आयोजना गरिने कलैया सिटी जेसिजले जनाएको छ।

Leave a review