वीरगञ्ज :पर्साको वीरगञ्जको एक रेस्टुराँमा कार्यरत २० वर्षीय युवती मृत फेला परेपछि परिवारजनले कारवाहीका माग गर्दैैै बुधबार प्रर्दशन गरेका छन । वीरगञ्ज महानगरपालिका–१० स्थित पुरानो बसपार्कको पछाडी रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीय युवती मृत फेला परेकी थिइन ।
रेस्टुराँमा कार्यरत पर्सागढी नगरपालिका–३ झाब्रा टोलकी सुनिता स्यान्बोको गत मङ्सिर २७ गते शनिवार रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा संघको धर्मशालाको कोठा नम्बर १०५ मा मृत अवस्थामा भेटिएको हो ।
उनको मृत्यु शङ्कास्पद भएको भन्दै परिवारका सदस्यहरूले न्याय माग्दै बुधवार वीरगञ्जमा प्रदर्शन गरे । परिवारजनले सुनिताको मृत्यु नभई हत्या भएको भन्दै दोषीलाई पता लागेर कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन । परिवारजनल सहित स्थानीयले उनको हत्यामा रेस्टुराँका मालिकको पनि संलग्नता हुन सक्ने आशंका व्यग गर्दैै उचित छननविन गरि दोषीलाई कारवाही गरि पिडित परिवारलाई क्षतिपूर्ति समेत दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन ।
पर्सागढी गाउँपालिकाका नगरपालिकाका प्रमुख गोकर्ण पाठनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका परिवारका सदस्य सहित स्थानीयहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।
यता पर्सा प्रहरीले भने घटनाका प्रारम्भिक अनुसन्धानले सुनिताको मृत्यु आत्महत्या जस्तो देखिएको बताएको छ । घटनाबारे विस्तृत विवरण थप अनुसन्धा, छानबिन र पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण पुष्टि हुने जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीका प्रमुख, एसपी सुदीप राज पाठकले बताएका छन । प्रहरीले उक्त घटनामा संलग्नताको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ।

