बारा, ११ पुस
बाराको बरियारपुरमा शनिवार एक कार्यक्रमवीच शितलहर पिडितहरुलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले न्यानो कपडा वितरण गरेको छ ।
परिषदले महागढीमाई नगरपालिका विभिन्न वडाका अतिविपन्न, दलित र असाहाय परिवारलाई न्यायो कपडा स्वरुप फाईवारको ब्यल्याङ्केट तथा कपडाहरु वितरण गरेको छ । महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित महेन्द्र वहुमुखी क्याम्पको प्राङ्गणमा आयोजना गरेको उक्त कार्यक्रममा युवा परिषद्ले ६० परिवारलाई फाईवारको ब्यल्याङ्केट एक÷एक थान र अन्य परिवारलाई न्यानो कपडाहरु गरि करिब एक सय परिवालाई वितरण गरिएको हो ।
महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदाम साह कानुको प्रमुख आतिथ्यता तथा युवा परिषदका केन्द्रीय अध्यक्ष नवराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रम सम्पन्न भएको परिषदका महासचिव सुमन पुडासैनीले जानकारी गराएका छन ।
उक्त कार्यक्रममा गढीमाई मन्दिर संचालन समितिका उपाध्यक्ष विश्वनाथ महतो, स्थानीय समाजसेवी राजेन्द्र साह लहेरा, परिषदका निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, नवदुर्गा पार्टी प्यालेस काठमाण्डौका रुपक बानिया, परिषदका प्रदेश नम्बर २ का अध्यक्ष गोपाल ढोडारी, समाजेवी पन्नालला कुशवाहा, सेवा समिति कलैयाका रामाज्ञा प्रसाद साह लगायतकाले सम्बोधन गरेको महासचिव पुडासैनीले बताए ।

