पर्सामा जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
70 पाठक संख्या

कलैया । पर्सा प्रहरीले जर्बजस्तिकरणी मुद्दाको एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सर्लाहीको कौडेना गाउँपालिका वडा नं.४ मोतीपुर बस्ने वर्ष २१ को अरूणकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका प्रहरी टोलीले यादवलाई शुक्रबार पक्राउ गरेको हो। नामथर वतन परिवर्तित २२ जिल्ला मलंगवा ०८० (श १) को जाहेरीले जबरजस्ती करणी मुद्दामा वारदात पश्चात फरार भइ हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरमा उनी लुकिछिपी बसिरहेका थिए।

प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिइ सर्लाही जिल्ला अदालतमा पठाउने कार्य भैरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds