कलैयामा अव्यवस्थित पार्किङ र सडक अतिक्रमण विरुद्ध संयुक्त टोलिद्वारा अनुगमन

साझेदारी डेलि
73 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

कलैया । बारा जिल्लाको सदरमुकाम कलैयामा संयुक्त टोलिले बुधबार अनुगमन गरेको छ। कलैयामा बढ्दै गएको अव्यवस्थित पार्किङ, सडक अतिक्रमण तथा जथाभावी सञ्चालन हुँदै आएका इ–रिक्सा व्यवस्थापनका लागि सो टोलिले अनुगमन गरेको हो। कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको संयुक्त टोलिले बजार क्षेत्र तथा सडक व्यवस्थापन गर्न अनुगमन गरेको हो।

टोलीले कलैया बजार, मुख्य सडक, चोक तथा अत्यधिक भीडभाड हुने क्षेत्रहरुको सो टोलिले स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा सो टोलिले सडक पेटी तथा मुख्य सडकनै ओगटेर राखिएका पसल, ठेला तथा अव्यवस्थित पार्किङका कारण सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको पाइएको थियो।

बजार क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारी साधन रहेको हो। सडक छेउमै सञ्चालन गरिएका अस्थायी व्यापारिक संरचनाले ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ।टोलीले विशेषगरी दर्ताविहीन रुपमा सञ्चालन भइरहेका इ–रिक्सालाई तत्काल सम्बन्धित निकायमा दर्ता प्रक्रियामा जान निर्देशन दिएको छ। सवारी साधनलाई सडकमा अव्यवस्थित ढंगले नराखी तोकिएको स्थानमा मात्रै पार्किङ गर्न चेतावनी दिइएको छ।

बजारको सुन्दरता, ट्राफिक व्यवस्थापन तथा नागरिकको सहज आवागमनलाई दृष्टिगत गर्दै अनुगमनलाई निरन्तरता दिइने बताएका छन्। व्यवस्थित बजार र सुरक्षित आवागमनका लागि सबै पक्षको सहयोग आवश्यक छ। कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले नगर क्षेत्रलाई व्यवस्थित राख्न भनेका छन्। उनले सफा र दुर्घटनारहित बनाउन स्थानीय तह प्रतिबद्ध रहेको बताएका छन्। उनले व्यवसायी, इ–रिक्सा चालक तथा सर्वसाधारणलाई नियम पालनामा सहयोग गर्न आग्रह गरेका हुन्।

बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र सडक अतिक्रमणका कारण दैनिक आवतजावतमा समस्या भइरहेको गुनासो सर्वसाधारणको रहेको छ। प्रशासनको अभियान प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन्। अगामी दिनमा पनि नियमित अनुगमन, सचेतनामूलक अभियान तथा आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने अनुगमन टोलिले जनाएको छ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँर,सशस्त्र प्रहरी नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल,राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला,जिल्ला ट्राफिक ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक बस्नेत तथा जेनजीहरुको सहभागितामा अनुगमन गरिएको हो।

Leave a review

This will close in 0 seconds