कलैयामा दुई महिला सहित ९१ जनाद्धारा रक्तदान

साझेदारी दैनिक
492 पाठक संख्या

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा ,कलैयाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा दुई महिला सहित ९१ जनाले रक्तदान गरेको एसोसिएसन बाराका अध्यक्ष बृजकिशोर यादब(भगत जी) ले जानकारी दिनुभयो । रक्त सञ्चार कार्यालय बिरगंजका प्रमुख सौरभ पाण्डेको नेतृत्वमा आएको प्राबिधिक टोलीले सेवा प्रदान गरेको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अनुसन्धान अधिकृत अभिनय कुमार सिँह ,नापी अधिकृत क्रान्ति साह ,भुमि सुधार तथा मालपोत कार्यालयका सुचना अधिकारी सागर साह ,भुमि सुधार कार्यालय बाराका निमित्त प्रमुख रामानन्द केशरी ,बारा जिल्ला अदालतका ईजलास अधिकृत रमेश यादब , लेखापढी कानुन ब्यवसायी एसोसिएसन बाराका सचिव दिनेश पटेल ,कोषाध्यक्ष प्रमानन्द पटेल ,सहकोषाध्यक्ष बुटन साह कानु ,रक्तदान कार्यक्रमका संयोजक उपेन्द्र पासवान लगायत लेखापढी ब्यवसायीहरुको उपस्थित रहेको थियो ।

Leave a review

This will close in 0 seconds