सन्दिप यादव/
बाल एकता सेकेन्डरी स्कुल +२ बिज्ञान तथा ब्यवस्थापन कलेज द्रारा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित भब्य बिदाई गरेको छ।
बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको सभा हलमा शनिबार एक कार्यक्रम आयोजना गरि बाल एकता सेकेन्डरी स्कुल +२ बिज्ञान तथा ब्यवस्थापन कलेज द्रारा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित भब्य बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष भोला साहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका शिक्षा , युवा तथा खेलकुद महाशाखाका अधिकृत बिजय अधिकारीले उद्घाटन गरेका थिए ।
कक्षा १२ मा अध्ययनरत २६ जना छात्रछात्राहरुलाई बिदाई गरिएको कलेजका +२ का संयोजक प्रिन्स कुमार सिंहले र ११ र १२ गरि कलेजमा ११० जना छात्रछात्राहरु अध्ययन गरि रहेको सिंहले बताएका छन् ।
कलेजले कक्षा १२ को दोश्रो ब्याचको बिदाई गरिएको र अझ अध्ययन सिकाईलाई डिजिटल कलेज बनाउने रेयाज अन्सारीले बताएका छन् ।
विशिस्ट अतिथि एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले कलेजले गरेको लगानी र बिज्ञान सन्काय सफलताका साथ सन्चालन गरिरहेकोमा कलेजका संचालकलाई बधाई दिएका छन। सबै बिद्यार्थीले अब्बल बन्दै बिधालयको नाम उच्च गर्न तर्फ आग्रह गरेका छन् ।
बिज्ञान सन्कायको कक्षा १२ कि छात्रा वर्षा कर्णले बाल एकताले कलैयामा बिज्ञान सन्काय सन्चालन गरेर कलैया सहित बाराका ग्रामीण भेगका छात्राहरुलाइ बिज्ञान सन्काय अध्ययन गर्न महत्वपूर्ण सहयोग गरेको बताईन ।
वर्षा कर्णले सायद कलैयामा बाल एकताले बिज्ञान सन्काय सन्चालन नगरेको भए आफुले बिज्ञान पढ्न बाहिर जान सक्ने अवस्था नरहेको र कलैयामा पढ्दा सबै किसिमले समय,पैसा को बचत हुने गरेको बताइन् ।
प्रमुख अतिथी कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत बिजय अधिकारीले बिद्यार्थीहरुको सफलताको कामना गर्दै देशका लागि योग्य दक्ष बन्न सबैमा शुभकामना गरेका छन्। यस्तो अवस्थामा बाल एकताले सन्चालन गरेको सन्कायहरु उत्कृष्ट रहेको र पालिकाले आवश्यक प्राबिधिक सहयोग सहयोग उपलब्ध गराउने बताएका छन् ।
उक्त कार्यक्रमको विशिस्ट अतिथि एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहा,एन प्याबसनका केन्द्रिय सचिव अलि महम्मद,मधेस प्रदेश शिक्षक तालीम केन्द्र नेल्टाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी,शिक्षा विद बैधनाथ साह र अतिथिमा सरस्वती कोचिङ्ग सेन्टर कलैयाका संचालक निरज कुशवाहा,रेयाज अन्सारी तथा कलेजका शिक्षकहरु सहित विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
बाल एकता बोडिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश कुमार स्वर्णकार र विधालयका कार्यकारी निर्देशक सुमोद कुमार सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन बिधालयका शिक्षक बिजय साहले गरेका थिए ।

