मधेसमा शैक्षिक विकास हुने गरी काम गर्छौ : भौतिक पूर्वाधार विकास मन्त्री यादव

साझेदारी दैनिक
734 पाठक संख्या

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली काङ्ग्रेस मधेसका सभापति कृष्ण यादवले मधेसमा शैक्षिक विकास हुने गरी काम गर्ने बताएका छन् ।

उल्लेख्य शैक्षिक विकास हुनेगरी प्रदेश सरकारले काम गर्ने उनले बताएका छन् ।

निजगढको लालस्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ३४ औं जन्मोत्सव कार्यक्रमलाई आइतबार उनले सम्बोधन गरेका हुन् । मन्त्री यादवले मधेसमा शैक्षिक स्तर कमजोर रहेको जनाए ।

उनीहरुले मधेस सरकारले शैक्षिक गुणस्तरमा जोड दिने बताए । बिद्यालयहरुको शैक्षिक विकासमा भौतिक पूर्वाधारको अवस्था समेत बलियो हुनुपर्ने जोड दिए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयले बिद्यालयहरुको भौतिक पूर्वाधार बिकास गर्ने मन्त्री यादवले बताए ।

विकट स्थानमा रहेर पनि शैक्षिक प्रगति हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउदै श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय लालको भौतिक पुर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धार्थ लोप्चनको सभापतित्वमा जन्मोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काङ्ग्रेस मधेसका उपसभापति चन्द्रशेखर यादव,निजगढकी उपमेयर सोममाया थिङ,पुर्व मेयर सुरेश कुमार खनाल,समाजसेवी शम्भु बहादुर बुढाथोकी,पेमासिद्धी लामा,वडा अध्यक्षहरु लगायत स्थानीय राजनैतिक दलका प्रमुख तथा सामजसेवीहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds