नेपाल राष्ट्र बैंकको ६९ औं बार्सिकोत्सवको उपलक्ष्यमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

संदिप प्रसाद यादव
368 पाठक संख्या

नेपाल राष्ट्र बैंक बीरगन्ज कार्यालयद्वारा आयोजित हाजिरीजावाफ प्रतियोगितामा बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

नेपाल रास्ट्र बैंकको ६९ औं बार्सिकोत्सवको उपलक्ष्यमा आयोजित उक्त हाजिरीजवाफमा विरगन्ज र कलैयाका ११ वटा कलेजको सहभागिता रहेको थियो।

प्रतियोगितामा कलैया स्थित के.ए.सि. स्कुल अफ म्यानेजमेन्टले वीरगन्जका कलेजहरुलाइ उछिन्दै पहिलो स्थान हासिल गर्न सफल भएको थियो भने वीरगन्ज स्थित हेरिटेज प्लस्टु कलेजले दोस्रो तथा ग्लोबल बिजनेस कलेजले तेस्रो स्थान प्राप्त गरेका छन ।

वीरगन्जको चर्चित कलेज विरगन्ज पब्लिक कलेजले चौथो स्थान हासिल गरि सन्तावना पुरस्कार प्राप्त गरेको थियो । उक्त कार्यक्रममा नेपाल रास्ट्र बैंक विरगन्ज कार्यालयका कर्मचारी,कलेजका प्रतिनिधि,विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सन्चालन कार्यालयका सहायक निर्देशक रितु गुप्ताले गर्नु भएको थियो ।

Leave a review

This will close in 0 seconds