एमालेले मधेस प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिने तीन दिने प्रशिक्षण शुरु

साझेदारी दैनिक
493 पाठक संख्या

स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको आयोजनामा नेकपा एमालेले महोत्तरीको बर्दीवासमा शुक्रबार देखि तीन दिने प्रशिक्षण शुरु गरेको छ ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको व्यवस्थापनमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु तथा पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश पदाधिकारीहरु सम्मिलित तीन दिने प्रशिक्षण शिवीर बर्दिबास रिसोर्टमा शुरु भएको हो ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शिवीरको उद्घाटन गरेका हुन् । बरिष्ठ उपाध्यक्ष पोखरेलले बिगतको सरकार देश र जनता प्रति उत्तरदायी हुन नसकेको जनाए । जस्का कारण एमाले सहितको नयां समिकरण बनाएर अघि वढ्नु परेको उनले बताए ।

नयांँ सरकारलाई सफल वनाउँदै एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउन एमाले लागेको उनले बताए । एमालेले जनताको चहाना पूरा गर्दै आगामी दिनलाई मिशन ८४ मा केन्द्रित गर्न लागेको उनले बताए ।

राष्ट्रीयताको पक्षमा लडने पार्टी एमाले भएकोले त्यसका लागी एमाले सुदृढीकरण तथा सुध्दीकरणको माध्यमवाट एमालेलाई कस्दै जनता र राष्ट्रका शत्रुहरुसंग लड्न चाहेको उनले बताए ।

मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सो प्रशिक्षण शिवीर शुरु भएको हो । मधेश प्रदेश सचिब मनोज पौडेलको सहहिकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्यहरु रामऔतार यादब, कल्पना कटुवाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा उपसचिव आरती भण्डारिले स्वागत गरिन् ।

स्थानीय तहको बजेट जनमुखी कसरी बनाउने,प्रणालीगत कानुनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार,स्थानीय विकास नयाँ सोच र नया काम र स्थानीय तहको आर्थिक श्रोत परिचालन तथा ब्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिइने मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिए ।

प्रशिक्षणमा बरिष्ठ उपाध्यक्ष इस्वर पोखरेल,देबेन्द्र दाहाल,तत्व तिमल्सिना,हर्कराज राई,रामशरण प्याकुरेलले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Leave a review

This will close in 0 seconds