वीरगञ्ज : बिल बिजक भन्दा बढीको सामान लोड रहेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा ना.५ ख ६७४७ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले जाँच गरेको हो।
जाँचको क्रममा वीरगञ्जबाट रुपन्देहीतर्फ जादै गरेको उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।
ट्रकमा लोड रहेको खुद्रा तथा औषधीहरु बिल बिजक भन्दा बढी रहेको पाईएको थियो ।
ट्रकमा ३७ लाख ५२ हजार ८ सय ८६ बराबरको सामानहरु लोड रहेको छ।
नियन्त्रणमा लिइएको ट्रक सहित सामानलाई कानुनी प्रकृया पुरा गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

