रुख काट्दै गरेको मानिस सहित ७१ क्युफिट काठ बरामद

रञ्जन यादव
144 पाठक संख्या

पर्सा :पर्सा जिल्ला स्थित बड्निहार सब डिभिजन बन कार्यालयले मंगलबार एक जना मानिस सहित ६ थान काठको गोलिया बरामद गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं.४ हरपुर बस्ने बर्ष ३५ का बुदाई रामलाई काठ सहित पक्राउ गरिएको हो । नियमित बन गस्तीको क्रममा उनलाई बन हेरालु मनित ठाकुरले पक्राउ गरेको बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनीत मिश्राले जानकारी दिए ।

मंगलबार दिउँसो ५।६ जना तस्करहरु समुहमा जङ्गलमा रुख काट्दै थिए ।बन गस्ती टोलीलाई देखेर अरु भाग्न सफल भएको र एक जना मात्र पक्राउ परेको बन अधिकृत मिश्राले बताए । बरामद ६ थान गोलिया करिब ६० क्युफिटको रहेको छ ।

यसैगरी रङ्गपुर सब डिभिजन बन कार्यालयले १०.७४ क्युफिट काठको गोलिया बरामद गरेको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नं.८ साखु जमुनियाबाट घर अगाडिको खेत बारीमा परालमा लुकाईछिपाई राखिएको अवस्थामा दुई थान काठको गोलिया बरामद भएको अधिकृत छैठो उज्जवल यादबले बताए ।

बरामद मानिस र काठको गोलिया सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन ।

Leave a review