आधारभूत बिधालयमा सरस्वती माताको मुर्ती स्थापना

संदिप प्रसाद यादव
394 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ बलुवामा रहेको बजरंगबलि आधारभूत बिधालयमा सोमबार विधिवत सरस्वती माताको मुर्ती स्थापना गरिएको छ ।

सो सरस्वती माताको मुर्ती सरस्वती पुजाको अवसरमा समाजसेवी एवम् पुर्व बिधालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद यादब र बिधालय संस्थापक एवम् शिक्षक रामबाबु प्रसाद यादवले संयुक्त रुपमा सरस्वती माताको मुर्ती स्थापना गरेका हुन् ।

दुई जना दाजु भाईले आफ्नै निजी लगानीमा बिधालयमा सरस्वती माताको मुर्ती स्थापना गरेका हुन । जलयात्रा तथा मुर्ति स्थापना आइतबार गरि सोमबार पुजा गरि प्रसाद वितरण गरिएको थियो ।

स्व.पिता गंगा राउत अहिर र स्व. माता हिरमतीया देवी अहिरीनको सम्झनामा गेट तथा सरस्वती माताको मन्दिर निर्माण गरेको पुर्वबिधालय व्यवस्थापन समितिका अध्यक्ष यादबले बताए ।

सो बिद्यालयको मुल गेट करिब ८० हजार र सरस्वती माताको मन्दिर १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उनले जानकारी गराए ।

उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक,द्रोपती देवी यादव,सुनैना देवी यादव,आयुष यादव,प्रिन्स यादव,कबिता यादव,समाजसेवी,शिक्षक,बिद्यार्थी,अभिभावकहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review