कानुन बिपरित भुक्तानी गर्न नमानेपछि सिम्रौनगढ मेयर कलवारले अधिकृत जयसवाललाई कुटे

साझेदारी दैनिक
300 पाठक संख्या

कलैया : बारामा नगरप्रमुखले हाकीमलाई कुटेको घटनाले यतिखेर चर्चा पाएको छ ।

बेलाबेलामा चर्चामा आईरहने बारा सिम्रौनगढ नगरपालिकाको घटना हो । कानुन बिपरित भुक्तानी गर्न नमानेपछि सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालमाथी कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

नगर प्रमुख किशोरी साह कलवारले कानुन बिपरित भुक्तानी गर्न दवाव दिएपछि प्रमुख प्रशासकिय अधिकृत जयसवालले नमानेपछि उनीमाथी कुटपिट भएको हो ।

गएको बैशाख १६ गते नगरप्रमुख कलवार र उनका समर्थकहरुले आदर्शकोतवाल गाउँपालिकाको कोतवाली चोकमा रहेको जानकी आयल स्थित मेयरको निजी निवासमा अधिकृत जयसवाललाई कुटेको आरोप लगाईएको छ ।

नगर प्रमुख कलवारले कानुन बिपरित भुक्तानीका लागि दबाव दिएको तर आफुले कानुन बिपरित गई भुक्तानी गर्न नमिल्ने बताएपछि ममाथि कुटपिट भएको उनले बताएका छन ।

प्रमुख प्रशासकिय अधिकृत जयसवाललाई कुटपिट गर्ने नगर प्रमुख कलवारलाई कारवाही गर्न माग गर्दे जिल्ला प्रशासन कार्यालय बारामा शुक्रबार उजुरी परेको छ ।

उक्त घटनाको बिरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन । उनीहरुले नगरपालिकाको काम काज समेत ठप्प पारेका छन । सिम्रौनगढ नगरपालिकाको काम काज ठप्प भएपछि सेवाग्राहीहरु रित्तो हात फर्किन बाध्य भएका छन् ।

Leave a review

This will close in 0 seconds