Sajhedari Daily
Latest News from Nepal

संसद विघटन विरुद्ध जसपाद्वारा सरकारको विरूद्धमा कलैयामा विरोध प्रर्दशन

रबिन्द्र प्रसाद साह/
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले बुधवार देशभर प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ गते संसद विघटन गरेको विरोधमा जसपाले अधिनायकबादी निरंकुश सरकार प्रती विरोध ¥याली निकालेको हो ।

कलैया स्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमा पछि कलैया स्थित मुख्य चोकमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा जसपा नेताहरुले संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा विघटन खारेज हुनुपर्ने माग सहित नाराबाजी गरेका थिए । साथै ऊनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएकोले संसद पुनस्थापना नभएसम्म आन्दोलन गर्ने प्रतिबद्धता समेत गरेका छन्।

उक्त विरोध कार्यक्रममा जसपा नेता तथा बिघटित प्रतिनिधि सभा सदस्य रामबाबु यादव, राजकिशोर यादव, सुशिल यादव, अजय पटेल, संविधान सभा सदस्य प्रमोद गुप्ता, प्रदेश सभा सदस्य पारस साह, शारद्धाशंकर जैसवाल, पचरौता नगरपलिकाका नगरप्रमुख रमेश यादव, जिल्ला समन्वय समिति बाराका उपप्रमुख पवन व्याहुत लगाएतका पार्टीका नेताहरुले सम्बोधन गरेको थियो ।

विरोध कार्यक्रममा जसपाका सयौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको पार्टीका शम्भु गुप्ताले जानकारी गराएका छन ।

 

Comments are closed.

error: Content is protected !!