Sajhedari Daily
Latest News from Nepal

जनताको चाहना अनुसार काम गर्नेः प्रदेश सभा सदस्य विश्वकर्मा

Top Aside Banner

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनी चुनाभटटा सडक ढलानको काम शुरु भएको छ ।
उक्त ढलान योजनाको प्रदेश सभाका सदस्य सुन्दर विश्वकर्माले शनिवार शिलन्यास गरेका छन ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद विश्वकर्माले जनताले विश्वास गरेर नै नेकपालाई विजयी बनाएको हुनाले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

शिलन्यास कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ, नेकपाका नेताहरु मनोज पौडेल, राजन पौडेल,कृष्ण खनाल, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सो सडक ढलान निर्माण प्रदेश सभा सदस्य बिकको पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत करिब २० लाख बिनियोजित बजेटबाट हुन लागेको हो । शिलन्यास कार्यक्रम निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम सुबेदीको अध्यक्षतामा भएको थियो ।