Sajhedari Daily
Latest News from Nepal

महागढीमाई नगरका जनप्रतिनिधिहरुको चारवर्षे यात्रा पुरा ,बार्षिकोत्सवमनाउदै बृहत सरसफाई कार्यक्रम सम्पन्न

उमाशंकर कुशवाहा
बाराको महागढीमाई नगरपालिकामानिर्वाचितनगरप्रमुख सहितअन्यजनप्रतिनिधिहरुको चारबर्षे यात्रा पुरा भएको छ ।

नगरप्रमुखउपेन्द्र प्रसाद यादव सहितजनप्रतिनिधि को चार वर्ष कार्यकाल सफलतापुर्वक पूरा भएको अवसरमा शनिवार नगरपालिकाले बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

सो अवसरमा गढीमाई मन्दिर परिसर वृहद सरसफाई गरिएको थियो । सरसफाई पछि आयोजितकार्यक्रममा स्थानीयब्यवसायी गरि रहेकाहरुलाई नगरपालिकाले फोहर व्वस्थापन गर्न डष्टबिन वितरण गरिएको थियो ।

कार्यक्रममाबाराकाप्रमुखजिल्लाअधिकारी कृष्ण बहादुर कटुवालले डष्टबिनहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममाबाराकाप्रमुखजिल्लाअधिकारी कटुवाल,जिल्ला प्रहरी कार्यालय बाराकाप्रहरी उपरिक्षक दिपेन्द्र शाही, नगरप्रमुख उपेन्द्र प्रसाद यादव, प्रमुखप्रशासकियअधिकृत उमेश राज रिमाल , स्वास्थशाखा संयोजकबिजय प्रसाद कुशवाहालगायतको सम्बोधन गरेका थिए ।

Comments are closed.

error: Content is protected !!