वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

नेपाली काँग्रेस बारा प्रदेश निर्वाचन क्षेत्र नम्बर ४ (ख) को सभापतिमा सिंह निर्वाचित

रबिन्द्र प्रसाद साह /
नेपाली काँग्रेस बाराको प्रदेश निर्वाचन क्षेत्र नम्बर ४ (ख) को सभापतिमा युवा नेता लोकेश सिंह निर्वाचित भएका छन ।
सोमवाराती भएको मतदानमा १८५ मत ल्याई बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी दिनेश साह कानुले १२ मत ल्याएका थिए।

प्रसौनी गाउँपालिकाको केन्द्र प्रसौनी बजारमा रहेको बेंगा साह विद्यालयमा मतदान भएको थियो । निर्वाचित सिंह नेपाल तरुण दल बाराका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य हुन । पौडेल समुहका साह कानुलाई पाराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन ।

क्षेत्रीय सभापतिमा निर्वाचित सिंह लामो समय देखि राजनीतिमा सक्रिय युवा नेता हुन । गत प्रदेश सभा निर्वाचनमा सिंह प्रदेश सभा सदस्यको उम्मेदवारको दाबेदार समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!