सेतो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

साझेदारी दैनिक
337 पाठक संख्या

कलैया । बारा प्रहरीले सेतो हेरोइन सहित एक मानिसलाई पक्राउ गरेको छ।

बारा पचरौता नगरपालिका वडा नम्बर ४ ईनर्वाटोलस्थित पोखरीको डिलमा बनाएको छाप्रोबाट सेतो हेरोइन सहित मानिसलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराको सूचना संकलन शाखाको प्रहरी टोली र प्रहरी चौकी पिपरपातिबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको संयुक्त टोलीले छापामारी गरेको हो।

प्रहरीले सेतो हिरोइन जस्तो देखिने पाउडर र नाइट्रोभ्याट एक पाता १५ पिस बरामद गरेको हो।

प्रहरीले बारा सिम्रौनगढ वडा नम्बर २ महुवाही निवासी रामसेवकप्रसाद साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराको एक श्रोतले जनाएको छ।

प्रहरीले अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट साहलाई १० दिनको म्याद थप गराई हिरासतमा राख्ने अनुमति लिएको छ। सो पोखरी रामनरेश मुखियाको रहेको जनाइएको छ।

Leave a review