बारा क्रिकेट टिमको जर्सी प्रायोजक बन्यो नेशनल इन्फोटेक कलेज

साझेदारी दैनिक
260 पाठक संख्या

कलैया । बारा क्रिकेट टिमको जर्सीमा नेशनल इन्फोटेक कलेजले स्पोन्सर गरेको छ ।

जर्सी प्रायोजन सम्बन्धी शुक्रबार गण्डकस्थित क्लर्क रिसोर्टमा एक कार्यक्रमका बीच बारा जिल्ला क्रिकेट संघ र नेशनल इन्फोटेक कलेजबीच एक वर्षको लागी सम्झाैता भएको हो ।

सम्झौतामा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिश सिंह र बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात कलेजको लोगो रहेको बारा क्रिकेट टिमको जर्सी अनावरण गरिएको थियो ।

उक्त कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ,मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुबास जैसवाल, जिल्ला क्रिकेट संघका पधाधिकारी, राष्ट्रिय टिमका पूर्व कप्तानद्वय पवन अग्रवाल र विनोद दास त्यस्तै राष्ट्रिय खेलाडीहरू अनिल साह, पवन सर्राफ, साहिल पटेल, अरनिको यादव, नेशनल इन्फोटेक कलेजका विद्यार्थी तथा संचारकर्मीको उपस्थिति रहेको थियो।

Leave a review