पथलैया-चुरियामाई सडक क्षेत्रका संरचना हटाउन ३ दिनको अल्टिमेटम

साझेदारी डेलि
105 पाठक संख्या

कलैया । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गअन्तर्गत पथलैयादेखि चुरियामाईसम्मको सडक क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन ३ दिनको अल्टिमेटम दिएको छ।

सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र निर्माण गरिएका घर–टहरा हटाउन यसअघि पनि २०७३ मंसिर १८ र २०८० असार ९ गते लगायत विभिन्न मितिमा सूचना जारी गरिएको भए पनि अटेर गरिएकाले पुनः बैशाख १० गतेभित्र हटाउन अन्तिम सूचना जारी गरिएको हो।

डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले वैशाख ७ गते सोमबार सूचना जारी गर्दै पथलैया–चुरियामाई खण्डअन्तर्गत ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका सम्पूर्ण घर–टहरा हटाउन आग्रह गरेका छन्।

सूचनाको अवज्ञा गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुन अनुसार कारबाही गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

Leave a review