नेपाली कांग्रेस बाराद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

साझेदारी दैनिक
साझेदारी दैनिक 721 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

अनिल कुमार साह/
नेपाली कांग्रेस बाराले बिभिन्न माँग राख्दै बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । काँग्रेस बाराले पिसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने लगायतका माँग राखी प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मार्फत ज्ञापन पत्र बुझाएको हो ।

नेपाली कांग्रेस बाराद्वारा मंगलवार आयोजना गरिएको विरोध प्रदर्शन पार्टी कार्यालय कलैयाबाट सुरु भै कलैया नगरको विभिन्न भागको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगि विभिन्न नाराबाजी गर्दै प्रजिअ मार्फत ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा वर्तमान सरकार असक्षम रहेको कोरोना भाइरसको उचित व्यवस्थानमा चुकेको, क्वारेन्टाइनमै सामुहिक बलात्कार जस्ता जघन्य अपराध पनि रोक्न नसकेको, लकडाउनको हुँदा समेत प्रभावकारी कदम चालन नसकेको जस्ता दर्जनौँ आरोपहरु लगाउदै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणको लागि ज्ञापन पत्र बुझाएको हो ।

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र यादव, विश्रामपुर गाउपालिका अध्यक्ष अमिरिलाल पाल, नेताहरु शोभाकर पराजुली, लालबाबु सिंह,सुनिल गुप्ता,विजय गुप्ता, जगदीश साह कानु लगायतको सयौको संख्यामा रहेका नेताहरु सहभागिता रहेको तरुन दल बाराका अध्यक्ष लोकेश सिंहले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review