अबैध कल सेन्टर सञ्चालन गरी अनलाईन मार्फत ठगी गर्ने चिनियाँ गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।
वीरगञ्जको एक घर भाडामा लिएर अबैध कल सेन्टर सञ्चालन गरि नेपाल भारत पाकिस्तान सहितमा अनलाईन ठगी गर्ने चिनीया गिरोहलाई पर्सा प्रहरीले आइतबार सार्वजनिक गरको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरी गिरोहका तीन जना चीनका नागरिकलाई सार्बजनिक गरेको छ । प्रहरीले शनिबार साँझ वीरगञ्ज महानगरपालिका–१५ स्थित नन्दु पटेलको घरमा छापामारी साढे दुई तल्ले पक्कि घरमा अबैध रुपमा कल सेन्टर सञ्चालन गरिरहेको अवस्थामा तिनैजनालाई पक्राउ गरेको थियो ।
प्रहरीले कल सेन्टर सञ्चालन गरी अनलाईन मार्फत ठगी धन्दा चलाएको आरोपमा चीनका नागरिक ३३ वर्षीय लियु गुई काई,२६ वर्षीय वाँग बोहान र ३६ वर्षीय छियाङ छिवाओलाई पक्राउ गरी सार्बजनिक गरेको हो ।
उनीहरुले चलाएको कल सेन्टरबाट कम्प्युटर एकसय २० थान,तीन थान चाईनीज पासपोर्ट,मोबाईल ३५ थान,भारतीय कम्पनी जिओको सिमकार्ड १३ थान,ल्यापटप चार थान,प्रिन्टर एक,एटिएम कार्ड तीन थान,ईन्टरनेट स्विच पाँच थान, वाईफाई राउटर दुई थान, मिनी ईन्भर्टर दुई थान बरामद गरिएको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले जानकारी दिए ।
यस्तै बीआर ०१ सि एक्स ५७९२ नम्बरको आई टवेन्टी गाडी,प्रदेश २ ०३ ०११ प १३६७ नम्बरको मोटरसाईकल र मलेसियन २७ रिँगिट,नेपाली ४३ हजार,कम्बोडियन ३५ सय बरामद गरिएको उनले बताए ।
पक्राउ परेकाहरुको भाषा बुझनको लागी भाषा अनुवादक मगाइएको तथा त्यसपछि थप कुराहरु खुल्ने ढुँगेलको भनाई छ ।उनले अहिले तिनैजना चीनका नागरिकहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।

