एक लाख २२ हजार बराबरको अबैध समान बरामद

साझेदारी दैनिक
213 पाठक संख्या

बारा प्रहरीले एक लाख २२ हजार बराबरको अबैध समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहततथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिले अन्दाजी मुल्य रू. एक लाख २२ हजार ५ सय रूपैया बराबरको अबैध भन्सार छलीका समानहरू बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले टोलिले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १० नितनपुर चोक स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा प्र.०२–००६ ख ५८५८ नम्बरको बसमा लोड रहेको चिनि ५० किलो र प्याज १ सय किलो गरी अन्दाजी मुल्य रू.१० हजार ५ सय रूपैया बराबरको समान बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको महागढीमाई नगरपालिका वडा नं.२ भनसिया स्थित भारतबाट भन्सार छली गरी ल्याउदै गरेको बि.आर ०५ के ५४१० नम्बरको भारतीय मोटरसाइकलमा सुर्ती ६ बोरा अन्दाजी ९० किलो मुल्य रू.७२ हजार रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नं.३ मुसहर्वा स्थित भारतबाट भन्सार छली गरी ल्याउदै साईकलमा वाईरिङबोड १ भंगा अन्दाजी मुल्य रू.४० हजार रूपैया बराबरको बरामद गरेको छ ।

अबैध भन्सार छलीका समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बाराका प्रवक्ता डिएसपी एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds