मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री,मन्त्रीकोे संख्या २० पुग्यो

साझेदारी दैनिक
297 पाठक संख्या

मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार मन्त्री परिषदलाई विस्तार गर्नुभएको छ ।

पाँच राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्री परिषद् विस्तार गर्नुभएको हो । मंगलबार थपिएका पाँच राज्यमन्त्रीलाई मुख्यमन्त्री सतिश कुमार सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

जनकपुरस्थित मधेश भवनमा आयोजित शपथग्रहण समारोह’मा मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारी र मन्त्रीहरुको उपस्थितिमा नयाँ थपिएका राज्यमन्त्रीहरुलाई शपथग्रहण गराएका छन ।

थप भएको नयाँ राज्यमन्त्रीहरुमा एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामवावु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साह उद्योग,वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको शपथ लिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यसैगरी थपिएका मन्त्रीहरुमा नेपाली कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा,सिंचाई तथा खानेपानी राज्यमन्त्रीको शपथ लिएका छन ।

थपिएको राज्यमन्त्रीहरु सहित अब प्रदेश सरकारमा मन्त्रीको संख्या २० पुगेको छ ।

Leave a review