तामागढी साकोसद्धारा निर्मित प्रतिक्षालय समुदायमा हस्तान्तरण

साझेदारी दैनिक
492 पाठक संख्या

कोल्हवी : तामागढी बचत तथा ऋण सहकारी संस्था लि.कोल्हबी बाराले सामाजिक उत्तरदायित्वको बोध गर्दै कोल्हवी नगरपालिका वडा नम्बर ७ धोधार्पामा एक यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।

सहकारीले आफ्नो १७ औँ स्थापना दिबसको अबसरमा आईतवार एक कार्यक्रमवीच उक्त प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरेको छ । प्रतिक्षालयको वडा नम्बर ७ का वडाअध्यक्ष सलाउदिन अंसारीले रिबन काटेर उद्घाटन समेत गर्नुभएको थियो ।

सहकारीको ७ सिद्धान्तहरु मध्येको समुदाय प्रति चासो भन्ने एक सिद्धान्तलाई आत्मासाथ गर्दै समुदायको आवश्यकता र हितलार्ई मध्यनजर प्रतिक्षालय निर्माण गरि हस्तान्तण गरिएको सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमालले बताएका छन।

उक्त प्रतिक्षालय रु ७७ हजारको लागतमा निर्माण गरिएको मुख्य प्रबन्धक रिमाले बताए । संस्थाले समुदायमा सहकारीले पुर्याएको भुमिकाप्रति स्थानीयहरुले खुशी ब्यक्त गरेका छन ।

प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष अन्सारी सहित सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटी,कोषाध्यक्ष कालिका भण्डारी,सहसचिव संचालक मोकदम अंसारी,ऋण समितिका सदस्य चिन्तामणी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

तामागढी सहकारीले १७ औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी रुपमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु संचालन गरेको थियो ।

Leave a review