अब निर्वाचनबाटै प्रतिनिधिसभा गठन हुनुपर्छ – निधि

राजेश कुशवाहा
308 पाठक संख्या

कलैया : नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अब निर्वाचनबाटै प्रतिनिधिसभा गठन हुनुपर्ने बताएका छन ।

नेपाल प्रेस युनियन बाराले कलैया स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आईतबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे पूर्वउपसभापति निधिले यस्तो बताएका हुन । उनले काँग्रेसका नेता तथा कार्याकर्ताहरुलाई एक जुट भएर अगाडी बढन आग्रह गरे । प्रतिनिधिसभाको निर्वाचन हुँदैन भन्ने भ्रम छर्न केही जिम्मेवार पार्टीका नेताहरु लागि परेको निधिले आरोप लगाए ।

नेता निधिले निर्वाचनको विकल्प अरु केही हुन नसक्ने स्पष्ट भन्दै संविधानलाई बचाउन र सुदृढ पार्न ताजा जनादेश चाहिएको जुन फागुन २१ को निर्वाचनले प्राप्त हुन सक्ने बताए। वर्तमान परिस्थितीमा नेपाली काँग्रेसले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने नेपाली काँग्रेसको नेता निधिको धारणा छ। आउँदो निर्वाचनमा नेपाली काँग्रेस कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै निधिले निर्वाचनको पक्षमा लाग्न सबैमा आग्रह गर्नुभयो ।

युनियन बाराका अध्यक्ष शयामबाबु यादवको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी र फर्मुल्लाह मंसुर, काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य नारायणी रायमाझी, काग्रेस बाराका सभापति राजेशराय यादव, उपसभापति मनोज भटृ,क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश यादव, क्षेत्र नं ४ का क्षेत्रिय सभापति सुनिल गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds