नेपाल प्रेस युनियन बाराको वैठक कलैयामा सम्पन्न,३३ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया सहित विविध कार्यक्रम गर्ने

संदिप प्रसाद यादव
453 पाठक संख्या

नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति बाराको वैठक शुक्रवार कलैयामा सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नेपाल प्रेस युनियन बारा शाखाका कार्यालयमा सम्पन्न वैठकले विभिन्न निणर्य गरेको छ ।

वैठकले जिल्ला कार्य समितिको आयोजना शुक्रबार भएको छलफल बैठकले ३३ औं स्थापना दिवसको अवसरमा वृहद अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

उक्त बैठकले जेठ १४ गते सोमबारको दिन नेपाल प्रेस युनियनको स्थानपना दिनवसमा वृहद अन्तरक्रिया तथा विविध कार्यक्रमहरु गरेर मनाउने बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादबले बताएका छन ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा भएको छ्लफल बैठकमा केन्द्रीय सदस्य गणशेराज रिजाल,प्रदेश सचिव सन्तोष पाण्डेका विशेष उपस्थित,समावेशी उपाध्यक्ष अनिल साह,कोषाध्यक्ष अरुण कुमार साह,सचिव राजेश कुशवाहा,सदस्य प्रभु प्रसाद यादव,राहुल गुप्ता,विनय राज शर्मा,नुर आलम बादसाह,संदिप प्रसाद यादव,पवन सिंह एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a review