भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रू १२ अर्ब ७४ करोड १५ लाखबढीको पेट्रोलिय पदार्थ आयात भएको छ ।
उक्त मूल्य बराबरको पेट्रोल,डिजेल,एलपि ग्यास,एटिएफ र मट्टितेल आयात भएको हो ।
गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताउनुभयो ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रू छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ ।
गत आवको सोही अवधिमा रू पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

