सुभाष कुमार मिश्र/
महाशिवरात्रीको अवसरमा रौतहटको धार्मिक स्थल शिवनगर महादेव स्थान र कर्णाटकालिन शिव मन्दिर पतौरामा जल चढाउने दर्शनाथीको भिड लागेको थियो ।
बिगतका बर्षझै यस पटक पनि जिल्लाको प्रसिद्ध ठाँउ शिवनगर महादेव मन्दिरमा हजारौं कमरथुवाले शनिवार जल चढाएका छन । त्यसैगरी बारा, रौतहट,सर्लाही र पर्साबाट आएका हजारौं महिला पुरुष लगायत लाखौं भक्तजनहरु बिहानै देखी जलार्पन गर्न लामबद्ध भएका थिए ।
शिवालयहरुमा पूजा गर्न जाने भक्तालुहरूमा अधिकांश महिला देखिन्थे। श्रीमानको लामो आयु र आत्मसन्तुष्टिका लागि पूजा आराधना गर्ने आएको शिव मन्दिर शिवनगरका महन्त कृष्णदेव गिरिले बताए ।
लम्हा नदि किनारस्थित शिवनगरको शिव मन्दिर रौतहटकै प्रसिद्ध धार्मिक स्थल मध्ये एक हो। यो शिवालय वर्षाैदेखि भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। मन्दिरमा साउने सोमवार धूमधामसँग बोल बम पर्व मनाउने गरिन्छ ।
त्यसैगरी महाशिवरात्रिका दिन तथा हरेक आइतबार र अन्य चाडपर्वमा समेत मन्दिर दर्शन गर्ने दर्शनार्थीको घुइँचो लाग्ने र विशेष गरि महाशिवरात्री पर्वको दिन शिवनगरको शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्नका लागि रौतहटसहित छिमेकी देश भारतको बिहारदेखि मानिसहरू दर्शन गर्नका लागि आउने गरेको मन्दिरको प्रमुख महन्त कृष्णदेव गिरिले बताए ।
हजारौं बर्ष पुरानो र जमिन उत्खननको क्रममा शिव मन्दिर फेला परेको हुनाले पतौरा मन्दिरमा पनि आकर्षण बढेको छ ।
शिवनगरको मेलामा स्वास्थ्य शिबिर तथा दर्शनार्थीको लागि शुद्ध खानेपानी र प्याक पर्ने ठाउमा शैचालयको समेत प्रबन्ध मिलाएको नगरप्रमुख जयसवालले बताए । मेलालाई शान्ति सुरक्षा दिनको लागि दुधियाभार, देवाही गोनाही र समनपुर बेसकैम्पका सशस्त्र प्रहरी र ईप्रका शिवनगर र ईप्रका गरुडाका समेत प्रहरीहरुले शान्ति सुरक्षा प्रदान गरेको थियो

